रुस र उत्तर कोरियाका राष्ट्रपतिहरुको उपहार कूटनीति- पुटिनले कार दिए, किम जोङ उनले कुकुर – Nepal Press

रुस र उत्तर कोरियाका राष्ट्रपतिहरुको उपहार कूटनीति- पुटिनले कार दिए, किम जोङ उनले कुकुर

काठमाडौं । बुधबार दुई दिने उत्तर कोरियाको राजकीय भ्रमणमा पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका उत्तर कोरियाली समकक्षी किम जोङ उनले साटासाट गरेका उपहार सार्वजनकि भएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले किम जोङ उनलाई रुसले बनाएको कार उपहार दिएका थिए ।

आउरुस नामक विलासी कार पुटिनले दिएका थिए । आफूले उपहारमा दिएको कार पुटिनले किमलाई राखेर हाँकेका थिए । त्यो भिडियो अहिले विश्वभर चर्चा बटुल्दै छ । अमेरिकाले भने पुटिनले दिएको कार उपहार गैरकानूनी भएको दाबी गरेको छ । नाकाबन्दी लागेको उत्तर कोरियालाई त्यस्ता कार दिन नहुने अमेरिकी तर्कमा रुसले भने विमति जनाएको आरटीले समाचार बनाएको छ ।

यस्तै, किमले पनि पुटिनलाई उपहार दिएका छन् । उनले कोरियाका दुर्लभ एक जोडी कुकुर उपहार दिएका छन् । आरटीका अनुसार फुङसाङ नामक प्रजातिका कुकुर उपहार दिएका हुन् । यो खबर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको हो । कोरियाको उत्तरी क्षेत्रका यि कुकुरहरुको चिसो छेक्ने बाक्लो ज्यान हुने बताइएको छ ।

कुकुरका प्रेमी पुटिनले कुकुर उपहार पाएपछि यो पनि चर्चित खबर बनेको छ । २४ वर्षपछि उत्तर कोरियाको राजकीय भ्रमणमा पुगेका पुटिनले दिएको र पाएको दुर्वै उपहार अहिले समाचार बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर