संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनिरहेका छन् : मन्त्री गिरी (भिडिओ)
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान र संघीयतालाई कार्यान्वयनका लागि आवश्यक कानूनहरु निर्माण भइरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालय अन्तर्गत विनियोजित बजेटका सन्दर्भमा आएका प्रश्नको जवाफ दिँदै मन्त्री गिरीले सरकार गम्भीरताका साथ संविधान कार्यान्वयनमा लागेको भन्दै त्यसका लागि आवश्यक कानूनहरु निर्माण भइरहको जानकारी दिए ।
उनले संविधान जारी भइसकेपछि हालसम्म ३ सय ४ वटा विधेयकहरुको मस्यौदा र ३२२ वटा नियमावलीमा मन्त्रालयले सहमति दिइसकेको बताए । त्यस्तै, अहिलेसम्म १९५ ऐन र ३२९ वटा नियमावलीका साथै ७८ वटा गठनआदेश भएको उनको भनाइ छ ।
उनले कानून व्यवसायी प्रतिष्ठान गठन गरिने र कानूनी क्षेत्रलाई पारदर्शी बनाइनका लागि कानून बनाउने तयारी भइरहेको बताए । मन्त्री गिरीले अदालतको काम कारबाहीलाई छिटो छरितो ढंगले अघि बढाउन सुधारका काम भएको र मुद्दाहरु छिटो फछर्यौट हुन थालेको दाबी गरे ।
उनले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालयको व्यवस्था गरेको भन्दै मिडिया ट्रायलले कुनै पनि मुद्दामा प्रभाव नपर्ने दाबी गरे । उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई छिटो अघि बढाइ पारित गर्नुपर्ने धारणा राखे र