‘गाउँमा छेस्के दाउ लाएर मान्छे उचाल्दैमा भीम रावल नेता बन्न सक्नुहुन्न’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘गाउँमा छेस्के दाउ लाएर मान्छे उचाल्दैमा भीम रावल नेता बन्न सक्नुहुन्न’ (भिडिओ)

कैलाली ।  सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले संघीय सरकारले अझै पनि सुदूरपश्चिम प्रदेशलाई विभेदकारी नीतिले हेरिरहेको आरोप लगाएका छन् । एमाले पोलिटब्युरो सदस्य तथा बझाङ इन्चार्जसमेत रहेका नेता रावलले नेपाल प्रेसको नेपाल टकमा सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोण अझै सौतेनी व्यवहारको रहेको आरोप लगाए ।

‘योजना आयोगमा वित्त आयोगमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व हुन सकिरहेको छैन अझै पनि संघीय सरकारले हामीलाई सौतेनी व्यवहार गरिरहेको छ’ उनले भने ‘ केन्द्र सरकारले बनबाट आएको राजश्व हामीलाई दिएको छैन । राज्यले मनोबल उकास्नु पर्ने थियो त्यो सवाल पनि देखिएन । कागजमा मात्रै अधिकार दियो अब काठमाडौँले हामीलाई विभेद गर्न पाइँदैन ।

संघीय सरकारले बजेटमा पनि सुदूरपश्चिमलाई विभेद गरेको उनको आरोप छ । सुदूरपश्चिममा भष्ट्रचारको आरोप लागेको व्यक्तिहरुलाई सचिव ल्याउन खोजेको भन्दै त्यस्ता विषयमा सरकार नलाग्न समेत उनको सुझाव थियो । सरकारले आफ्नो लय बिर्सिए एमालेको समर्थन सरकारमा नरहने समेत उनले प्रस्ट पारे ।

‘यो सरकार हाम्रो पनि हो जुन दिन सरकारले गलत काम गर्छ त्यो दिन हामी बाहिरिन्छौँ ’ उनले भने , ‘म मेरो नेतृत्वसँग परामर्शमा छु । जुन दिन बिचौलियालाई प्रशय दियो भ्रष्ट्राचार डुब्न लाग्यो त्यो दिन हामी सोच्न बाध्य हुने छौँ ।’

अहिले सुदूरपश्चिममा पाँचजना विनाविभागीय मन्त्री छन् । उनले चाँडै मन्त्रीहरूको जिम्मेवारी तोकिने बताए ।

सुदूरपश्चिम प्रदेशमा तत्काल समीकरण परिवर्तनको सम्भावना नरहेको उनले जनाए । नेकपा एकीकृत समाजवादीविना पनि सरकार बनाउने गृहकार्यबारे उनी भन्छन्, ‘राजनीतिमा सम्भावनालाई इन्कार गर्न सकिँदैन तर, अहिले हामी नयाँ समीकरण बनाउने खेलमा छैनौँ । हाम्रो नेताकै नेतृत्वमा समीकरण बनेको हो त्यसैले नयाँ समीरणको खोजीमा छैनौँ ।’

उनले एमालेको आगामी उद्देश्य मिसन ०८४ रहेको जिकिर गरे । एमालेबाट सबै अवसर पाएर भीम रावल एमालेका नेताविरोधी गतिविधिमा लागेको उनको आरोप छ ।

‘राजनीति रुपमा १६/१७ वर्ष उहाँले एकछत्र राज गर्दै आउनु भयो । उहाँलाई हामीले लखेटेको होइन’, उनले भने, ‘उहाँले आफू मुन्तिर दोस्रो भीम रावलहरू कति बनाउनु भयो, गएर नेताहरूलाई गाली गराउने ?’

भीम रावल लेखराज भट्टलाई गाली गराउने, केपी ओलीको विरुद्ध मञ्चहरूमा क्याम्प गर्नेलगायतको गतिविधिमा लागेको उनले दाबी गरे ।

‘उहाँको समस्या समाधान हामीले गर्ने होइन । पार्टी अध्यक्षसँग बसेर गर्नु पर्छ’ उनले सोधे ? ‘गाउँमा छेस्के दाउ लाएर मान्छे उचालेर नेताको बदख्वाइँ गरेर उहाँ नेता बन्नुहुन्छ र ?’


प्रतिक्रिया

One thought on “‘गाउँमा छेस्के दाउ लाएर मान्छे उचाल्दैमा भीम रावल नेता बन्न सक्नुहुन्न’ (भिडिओ)

  1. भिम रावल त दलाल हुन् भारतका । कुनै दिन प्रमाणित हुन्छ हेर्दैजानुहोला । अहिले वहाँलाई मालिकले एमाले सक्ने मिसनमा खटाएको छ । दुर्गा पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर