इजरायली सेना-प्रधानमन्त्रीको विवाद सतहमा : हमास अन्त्य गर्न नसकिने सेनाको कुरामा प्रधानमन्त्रीको आपत्ति – Nepal Press

इजरायली सेना-प्रधानमन्त्रीको विवाद सतहमा : हमास अन्त्य गर्न नसकिने सेनाको कुरामा प्रधानमन्त्रीको आपत्ति

काठमाडौं । हमाललाई लिएर इजरायली सेना र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विवाद सतहमा आएको छ । इजरायली टेलिभिजन च्यानल १३ मा अन्तरवार्ता दिँदै इजरायली सेनाका प्रवक्ता डानियल हागेरीले हमास अन्त्य गर्न नसकिने बताएका थिए ।

उनले अन्तरवार्तामा भनेका थिए, ‘हमासलाई अन्त्य गर्ने व्यापार जनताको आँखामा धुलो लाउने मात्रै हो । हमास विचार हो । हमास पार्टी हो । यो जनताको हृदयमा बसेको छ । जो जोले हमासलाई समूल नष्ट गर्ने भन्छन् त्यो गलत छ ।’

उनले अन्तरवार्तामा हमासको विकल्पमा अर्को दल बनाउन सम्म सकिने तर समूल अन्त्य गर्न नसकिने बताएका थिए ।

अलजजिराका अनुसार यो अन्तरवार्ता सार्वजनिक भएसँगै बेन्जामिन नेतान्याहुको कार्यालयले प्रष्टीकरण सार्वजनिक गरेर इजरायली लक्ष्य भनेको हमासको अन्त्य भएको जानकारी दिएको छ ।

इजरायली हमास युद्धको सार नै हमासको राजनीतिक तथा सैन्य शक्ति समाप्त पार्नु भन्ने इजरायली लक्ष्य रहेको थियो ।

यही लक्ष्य असम्भव भएको भनेर सेनाका प्रवक्ताले भन्नु र त्यसमा प्रधानमन्त्री कार्यालयले प्रतिकार गर्नुले सेना र प्रधानमन्त्रीको विवाद सतहमा देखिएको अलजजिराले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर