निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमानको संसदीय सुनुवाइ सुरू (भिडिओ)
नेपाल प्रेस
२०८१ असार ७ गते १२:५०
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रधानको सुनुवाइका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । प्रधानविरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।
गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर