लुम्बिनी : बजेटमाथिको छलफलमा कांग्रेसको अवरोध – Nepal Press

लुम्बिनी : बजेटमाथिको छलफलमा कांग्रेसको अवरोध

रूपन्देही । नेपाली कांग्रेसले विरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बिहीबारदेखि सुरू भएको बजेटमाथिको छलफलमा शुक्रबार नेपाली कांग्रेसका सांसदहरूले विरोध जनाएपछि रोकिएको हो । कांग्रेसले जनतामैत्री र संघीयताविरोधी बजेट आएको भन्दै शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो ।

शुक्रबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखिसकेपछि कांग्रेसले संदन अवरुद्ध गरेको हो । दलका नेता बोलिसकेपछि काग्रेसका सांसदले उठेर विरोध जनाएका छन् ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथकिमतामा राखेको भनेर चालू वर्षभन्दा ५७ करोड रूपैयाँ बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको बताए । उनले आमजनतालाई मलबिउ पुर्‍याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने बजेट मान्य नहुने बताए ।

पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताउँदै उनले स्थानीय जनजातिहरूले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो तर अहिले काटेर अर्को क्षेत्रमा राखेर सरकार जनजातिविरोधी बनेको आरोप उनको थियो ।

विपन्न वर्गसँग जोडिएका कार्यक्रमहरु कटौटी गरेकोमा पनि उनको विरोध थियो । कांग्रेस सांसदको अवरोधपछि सभामुख तुलाराम घर्तीले केही समयको लागि सदन स्थगित गरेर सहमतिका लागि संवाद थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *