३ प्रतिशतले घट्यो नेपालको वस्तु निर्यात
नेपाल प्रेस
२०८१ असार ७ गते १६:०८
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा नेपालको वस्तु निर्यात ३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म नेपालको आयात ३.०१ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
चालू आर्थिक वर्षको ११ महिना (असारदेखि जेठ मसान्तसम्म) मा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार बराबरको वस्तु निर्यात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार बराबरको वस्तु निर्यात भएको थियो । जुन ३.०१ प्रतिशतले कम हो ।
प्रतिक्रिया