नेपालमा नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउँदैछौँ : अध्यक्ष नेपाल (भिडिओ)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले महाधिवेशनबाट पहिलो पटक नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने बताएका छन् ।
नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा यसअघि कुनैपनि पार्टीले अगाडि नसारेको नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउन लागेको जिकिर गरे ।
उनले नेकपा (एकीकृत समाजवादी) सबै क्षेत्रमा अग्र पंक्तिमा उभिन चाहने पार्टी रहेको बताए । उनले पार्टीलाई सबै क्षेत्रमा अग्रपंक्तिमा उभ्याउन सबैको साथ र सहयोग चाहिएको बताए ।
उनले भने, ‘अरुले अगाडि नसारेका तर हाम्रो पार्टीले पहिलो पटक नेपाली विशेषताको समाजवादको कार्यक्रम पनि अगाडि सार्न गइरहेको छ । यस अर्थमा पनि हाम्रो पार्टी सबै क्षेत्रमा अग्र पंक्तिमा उभिन चाहन्छ । तपाईंहरुको साथ र सहयोग हामीले सधैँमरी चाहिरहेका छौँ ।’
अध्यक्ष नेपालले कुनै न कुनै गतिविधिबाट नै कुनैपनि पार्टीले आफ्नो सक्रियता देखाउनसक्ने बताए ।
हाताहाती है, उधाराे हुदैन नि ।।। हाहाहा । अप…मा… न चाहिँ नगर्नु ।