सांसदहरूलाई कांग्रेसको निर्देशन- बजेट पारित नहुँदासम्म सदनमा अनिवार्य उपस्थित हुनू – Nepal Press

सांसदहरूलाई कांग्रेसको निर्देशन- बजेट पारित नहुँदासम्म सदनमा अनिवार्य उपस्थित हुनू

काठमाडौं । नेपाली कांग्रेसले बजेट पारित नहुँदासम्म पार्टीका सांसदहरूलाई संसद‍्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ । आज बसेको संसदीय दलको बैठकले सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘हाल नेपाली कांग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको सर्वविदितै छ । प्रमुख प्रतिपक्षमा रहेको बखत संसदमा जनताका आवाज घनिभूत रुपमा मुखरित गर्नुपर्ने हुँदा त्यसका लागि संसदका बैठकहरुमा उपस्थिति अनिवार्य हुन्छ । हाल संघीय संसदका वैठकहरुमा माननीय सदस्यहरुको उपस्थिति न्यून हुने गरेको छ । यो बैठक संसदीय दलका सबै सदस्यलाई संसदका आगामी बैठकहरुमा अनिवार्य उपस्थित भई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गर्दछ ।’

उनले प्रतिनिधि सभाको आगामी बैठकमा आ.ब २०८१/०८२ को विनियोजन विधेयक (बजेट) निर्णायार्थ प्रस्तुत हुने भएको हुँदा असार ९ गते देखि विनियोजन विधेयक (बजेट) निर्णायार्थ प्रस्तुत हुँदासम्मका सबै बैठकहरुमा अनिवार्य उपस्थित हुन र निर्देशन (व्हिप) गरेको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर