कर्णालीमा पहिलोपटक प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता शनिबारदेखि हुँदै – Nepal Press

कर्णालीमा पहिलोपटक प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता शनिबारदेखि हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक मुख्यमन्त्री कप टी २० प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कर्णाली प्रदेश क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमामा पहिलो पटक मुख्यमन्त्री कप टी२० प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता हुन् लागेको हो ।

शुक्रबार आयोजकले पत्रकार सम्मेलन गर्दै भोलिदेखि १४ गतेसम्म पहिलो पटक मुख्यमन्त्री कप टी–ट्वेन्टी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता हुने जनाएको छ ।

क्रिकेट प्रतियोगिता सुर्खेतको कालिनचौक किकेट मैदानमा हुने आयोजकले जानकारी दिएको छ ।

कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धी हासिल गर्नुका साथै दशौं राष्ट्रिय खेलकुलको तयारीको लागी र कर्णाली प्रदेशमा क्रिकेटको केज र क्रिकेट खेल विकास र विस्तार गर्ने उदेश्यले पहिलो पटक मुख्यमन्त्री कप टी२० प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता गर्न लागेको कर्णाली प्रदेश प्रादेशिक क्रिकेट संघका सचिव प्रतियोगिता संयोजक श्रीधर केसीले बताए ।

प्रतियोगितामा कर्णाली प्रदेशका ७ जिल्लाले प्रतिस्पर्धा गर्नेछ । जसमा रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट, सल्यान, दैलेख र सुर्खेत रहेका छन् ।

प्रतियोगितामा प्रथम विजेतालाई १लाख १० हजार र उप–विजेतालाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर