हाम्रो जादुवाला नम्बर छ, तरिका मिले पूरै अवधि प्रधानमन्त्री भइन्छ: प्रचण्ड (भिडिओ) – Nepal Press

हाम्रो जादुवाला नम्बर छ, तरिका मिले पूरै अवधि प्रधानमन्त्री भइन्छ: प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार ढल्दैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको जिकिर गरेका छन् ।

माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको थोरै सीट भए पनि जादुवाला भएकाले कसैले हटाउन नसक्ने बताए ।

उनले भने, ‘बाहिर भनिराखे जस्तो सरकार कति दिन होला, चल्छ कि चल्दैन भन्ने विभिन्न कुरा आउँछन् । केही दिनपछि सरकार जाँदैछ रे भनेर पूरै कन्फ्युजन बनाउने कोसिस भएको छ । यो भन्न थालेको प्रधानमन्त्री भएको बेलादेखि नै हो । मैले पनि जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्धका गतिविधि गरेर, सामाजिक न्याय र जनताको सेवा गरेर डेढ वर्ष भयो बसेकै छु । मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्कसँग काम गरे हुन्छ । सजिलो छैन हामीलाई हटाउन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’

उनले राजनीतिक दलसँग गरेको सहमति इमानदारीपूर्वक नै कार्यान्वयन गरेर अगाडि बढ्ने बताए ।


प्रतिक्रिया

One thought on “हाम्रो जादुवाला नम्बर छ, तरिका मिले पूरै अवधि प्रधानमन्त्री भइन्छ: प्रचण्ड (भिडिओ)

  1. किन प्रधानमन्त्री भएको थाहा छैन । भईएकै छ । खालि आफू, आफन्त र भरौटेहरूको उद्दारभन्दा बढी केही काम भएको छैन । पख तिमीलाई ८४ मा शुन्यमा झारेर दलाली पूरै बन्द नगरिदिई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर