आगामी केन्द्रीय कमिटी बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तोक्ने माओवादीको तयारी (भिडिओ) – Nepal Press

आगामी केन्द्रीय कमिटी बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तोक्ने माओवादीको तयारी (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको चाँडै राष्ट्रिय महाधिवेश तोक्ने बताएका छन् ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्ने बताए ।

उनले भने, ‘हामी फेरि समाजवादी क्रान्तिको निम्ति अब महाधिवेशनतिर जान्छौ‌ । अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ ।’

प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक दिन छानेर महाधिवेशनको मिति तोकेर नयाँ विचार संश्लेषण र अभियानसहित पार्टी अगाडि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर