प्रतिपक्षको भूमिका थप सशक्त हुन्छ :  देउवा – Nepal Press

प्रतिपक्षको भूमिका थप सशक्त हुन्छ :  देउवा

रुपन्देही । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । शनिबार पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित महेशपुरमा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलका पिता पृथ्वीराज कंडेलको नामाङ्करण रहेको बसपार्कको उद्घाटन समारोहमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

अहिले नेपाली कांग्रेस प्रतिपक्षमा रहेपनि कांग्रेसकै आलोचना भैरहेको बताउँदै उनले संसदमा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नोसमेत आलोचना गरिहेकाले जनताका समस्यालाई संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुने जनाए । ‘अहिले कांग्रेसको मात्रै होइन मेरोसमेत आलोचना भएको छ तर पनि प्रतिपक्षको भूमिका सक्दो रुपमा निर्वाह गरेकै छ, गर्छ पनि’ देउवाले भने ।

सभापति देउवाले महेशपुर भन्सार पूर्ण क्षमतामा संचालनमा आउन नसकेको भन्दै यसका लागि समेत छलफल गर्ने उल्लेख गर्दै भैरहवा विमानस्थल पुग्ने बाटो स्तरिकरणका लागि पहल गर्ने बताएका थिए ।

पूर्व गृहराज्यमन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कण्डेलका पिता पृथ्वीराज कण्डेलको स्मृतिमा बसपार्कको नामाकरण गरिएको र अर्धकदको शालिक निर्माण गरिएको हो । स्व.कण्डेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वी निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । सभापति देउवाले कंडेलका पिता स्वर्गीय पृथ्वीराज कंडेलको अर्धकदको शालिकसमेत अनावरण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर