प्रचण्ड सरकार आफैं ढल्छ: शेखर कोइराला (भिडिओ) – Nepal Press

प्रचण्ड सरकार आफैं ढल्छ: शेखर कोइराला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफैं ढल्ने दाबी गरेका छन् ।

शनिबार विराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने बरु वर्तमान सरकार आफैं ढल्ने दाबी गरेका हुन् ।

उनले राजनैतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सात वटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए ।

‘राजनीतिलाई अपराधीकरण गर्ने कार्य भइरहेकोप्रति सबै सचेत हुनुपर्छ’, नेता कोइरालाले भने, ‘राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरु मिलेर मुलुकको ऐन-कानून र नियमलाई खिल्ली उडाउने कार्य भइरहेको छ । राजनीतिमा अपराधीकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्नसक्छ ।’

कार्यक्रममा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तारलगायतका नेताहरुले पार्टीभित्र रहेको गुट उपगुटका कारण भ्रातृ संस्थाहरुको निर्वाचन हुन नसकेको गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर