५१ हजारमा मानार्थ विद्यावारिधि बाढ्ने अबैध भारतीय विश्वविद्यालयलाई कारवाही गर्न शिक्षामन्त्रीको निर्देशन – Nepal Press

५१ हजारमा मानार्थ विद्यावारिधि बाढ्ने अबैध भारतीय विश्वविद्यालयलाई कारवाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । ५१ हजारमा मानार्थ विद्यावारिधि बाड्ने अवैध भारतीय विश्वविद्यालयलाई कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले निर्देशन दिएकी छन् ।

उक्त भारतीय विश्वविद्यालयले शनिबार पर्यटन बोर्डको हलमा उक्त कार्यक्रम आयोजना गरिएको सञ्चारमाध्यममार्फत जानकारी पाएपछि उनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको र शिक्षा मन्त्रालयको स्वीकृति लिनपर्नेमा कुनै जानकारी नदिई, स्वीकृतिको लागि कुनै प्रक्रिया समेत शुरु नगरेको पाइएको भन्दै कार्यक्रम गर्न रोकसमेत लगाउनका लागि निर्देशन दिएकी हुन् ।

त्यति मात्र नभई यसलाई ठगीको रुपमा लिई यसमा तत्काल अनुसन्धान गरी संलग्न सबैलाई हदैसम्मको कारवाही गर्न शिक्षामन्त्री श्रेष्ठले गृह मन्त्रालयलाई अनुरोध समेत गरिसकेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘एक विदेशी संस्थाले एक कार्यक्रमका माझ रकम लिएको भरमा पुरस्कार र मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

विदेशी संस्थाले शैक्षिक उपाधि दिन यस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति लिन पर्नेमा कुनै जानकारी नदिई, स्वीकृतिको लागि कुनै प्रक्रिया समेत शुरु नगरेको पाइएकोले कार्यक्रममा रोक लगाउन निर्देशन दिएकी छु । त्यति मात्र नभई यसलाई ठगीको रुपमा लिई यसमा सघन अनुसन्धान गरी संलग्न सबैलाई हदैसम्मको कारवाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरिसकेकी छु ।’

शिक्षामन्त्री श्रेष्ठले यस्ता बिकाउ उपाधि र पुरस्कारको पछि नलाग्न सबैलाई आग्रह गर्दै भविष्यमा कसैले यस्तो गरेको थाहा पाए सम्बन्धित निकायमा उजुरी गर्न समेत आग्रह गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *