संसदका कर्मचारीको माग वार्ताबाट छिटो समाधान हुनुपर्छ : ओली (भिडिओ) – Nepal Press

संसदका कर्मचारीको माग वार्ताबाट छिटो समाधान हुनुपर्छ : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताबाट अविलम्व सकारात्मक निष्कर्ष साथ समाधान गर्नुपर्ने बताए । संघीय संसद सचिवालयका कर्मचारी केही दिनयता सेवा सुविधाको मागसहित आन्दोलनमा छन् ।

उनीहरूले ११ बुँदे माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर