सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार, सल्लाहबिना सिफारिस गरेकोमा आपत्ति – Nepal Press

सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार, सल्लाहबिना सिफारिस गरेकोमा आपत्ति

काठमाडौं । दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका मानव अधिकारवादी नेता सुशील प्याकुरेलले बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । उनले पद अस्वीकार गर्दै सरकारको प्रचलनबाट आफू आश्चर्यचकित भएको बताएका छन् ।

राजदूत बन्नु अगाडि परराष्ट्र मन्त्रालयले कुनै सोधिखोजी र जानकारी नलिएको, पृष्ठभूमि, कार्यदक्षण, रुसी तथा सम्बन्धित देशको बारेमा जानकारी भएको वा नभएको नसोधी नियुक्त गरिएको भन्दै उनले सार्वजनिक गरेकाे वक्तव्यमा बताएका छन् ।

उनले भनेका छन्, ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले म प्रति देखाएको विश्वासका लागि धन्यावाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनु हुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत दर्ता गराइसकेको छु ।’

यस्ताे छ प्याकुरेलकाे वक्तव्य:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर