अमेरिकी थिंक ट्याङ्क भन्छ- एक गोली खर्च नगरी चीनले ताइवान लिन सक्छ – Nepal Press

अमेरिकी थिंक ट्याङ्क भन्छ- एक गोली खर्च नगरी चीनले ताइवान लिन सक्छ

काठमाडौं । एक अमेरिकी थिंक ट्याङ्कले चीनले एक गोली खर्च नगरी ताइवान टापु लिन सक्ने बताएको छ । अमेरिकाको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेसनल स्टडिजले यस्तो बताएको हो ।

सीएनएनका अनुसार चीनले ताइवानबो बन्दरगाहा र ऊर्जालाई बन्द गरेर यस्तो गर्न सक्छ । चीनले युद्धको घोषण नै नगरी आफ्ना सामुद्रिक मिलिसियाहरूको सहयोगमा क्यारिन्टिन गरेर ताइवान कब्जा गर्ने हालसालै सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो भएमा अमेरिका लगायतका देशहरूलाई हस्तक्षेप गर्न पनि गाह्रो हुने प्रतिवेदनमा लेखिएको छ । सन १९४९ अक्टोबर १ मा माओ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीले चीनको सत्ता कब्जा गर्‍यो ।

सत्ता कब्जाको दौरानमा तत्कालीन चिनियाँ सत्ताधारी दल मोमिनताङको नेतृत्व भागेर ताइवान टापु पुग्यो । उसले लामो समय चीनको आधिकारिक नेतृत्व आफू भएको दाबी गर्‍यो ।

संयुक्त राष्ट्रसंघले मान्यता पनि दियो । सन १९७१ अक्टोबर २५ मा संयुक्त राष्ट्रसंघको साधारणसभाको संकल्प प्रस्ताव २७५८ ले ताइवानको सत्ताधारी होइन चिनियाँ कम्युनिष्ट पार्टीको सत्ताधारीलाई चीनको आधिकारिक नेतृत्व मान्यो ।

त्यसपछि ताइवानले सम्पूर्ण चीन आफ्नो भन्न छोड्न थाल्यो । बरु ताइवान स्वतन्त्र देश भन्न थाल्यो । तर, विश्वले ताइवानलाई चीनको अंग मान्छ । केहि साना देशहरूले मात्रै ताइवानलाई स्वतन्त्र देश मान्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर