मधेशमा रकमान्तर विषयमा गठित विशेष संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन – Nepal Press

मधेशमा रकमान्तर विषयमा गठित विशेष संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

जनकपुरधाम । आर्थिक वर्ष २०७९/८० मा तत्कालिन अर्थमन्त्री सञ्जय कुमार यादवले अनियमित ढंगले गरेको रकमान्तरको विषयमा गठित विशेष संसदीय छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक तथा लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतो नेतृत्वको टोलीले सभामुख मण्डललाई आज प्रतिवेदन बुझाएको हो । संयोजक महतोले प्रतिवेदन प्रदेशसभा बैठकमा टेबल गर्न समेत समय मिलाइदिन सभामुखलाई आग्रह गरेको बताए ।

०७९/८० मा असार अन्त्यतिर अर्थ विविध शीर्षकको बजेटमा चलखेल भएको भन्दै प्रदेशसभामा नेकपा एमालेका सांसदहरुले आपत्ति जनाएका थिए ।

सांसदहरुको माग अनुसार २६ असार ०८० मा महतोको संयोजकत्वमा १० दलका एक/एक सांसद रहनेगरी समिति बनाएको थियो । समितिलाई दुई महिनाभित्र छानबिन गरी प्रतिवेदन बुझाउन समयावधि दिएपनि पछि म्याद थपिएको थियो ।

स्रोतका अनुसार छानबिन समितिले बजेट रकमान्तर र स्थानीय तहलाई दिइएको अनुदानमा अर्थमन्त्री यादवले प्रक्रिया मिचेको निष्कर्ष निकालेको छ ।

समितिका एक सदस्यले भने, ‘अर्थमन्त्री यादवले टुक्रे योजना तोकेरै असार २२ गतेसम्म विभिन्न मन्त्रालय तथा स्थानीय तहलाई बजेट रकमान्तर गरेका थिए ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर