रुसको दक्षिणी भागमा बन्दुकधारीको आक्रमण, १५ प्रहरी र एक पादरीको हत्या – Nepal Press

रुसको दक्षिणी भागमा बन्दुकधारीको आक्रमण, १५ प्रहरी र एक पादरीको हत्या

काठमाडौँ । रुसको दक्षिणी क्षेत्रमा रहेको दागेस्तान गणतन्त्रमा आइतबार बन्दुकधारीहरूले आक्रमण गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार यसलाई रुसले आतंककारी हमला भनेको छ ।

हमलामा १५ प्रहरी अधिकारी तथा एक जना इसाई पादरीको हत्या भएको छ । कयौँ संख्यामा नागरिकहरूको पनि हताहती भएको बताइएको छ । पाँच बन्दुकधारीको पनि प्रहरीले हत्या गरेको दागेस्तानका प्रमुख सेर्गी मेलिकोभले बताएका छन् ।

यसैबिच दागेस्तानले तीन दिने शोक बिदा दिएको छ । सोमबार, मङ्गलवार र बुधवार सबै मनोरञ्जनात्मक कार्यक्रमहरू रद्द हुनेछन् । दागेस्तान रुसको सबैभन्दा विपन्न क्षेत्रहरूमा एक भएको बीबीसीले बताएको छ ।

त्यहाँ इस्लामिक इमिरेट्स अफ कउकस नामको अतिवादी इस्लामिक संगठन सक्रिय छ ।

तीन महिना अगाडि मस्कोको क्रोकस सिटी हलमा भएको आक्रमणपछि यो दोस्रो ठूलो आक्रमण हो । मस्को आतंकवादी हमलामा परेर १४५ को ज्यान गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर