क्राइमियाको समुद्र किनारमा युक्रेनी मिसाइल हमलामा दुई बालबालिकासहित चारको मृत्यु – Nepal Press

क्राइमियाको समुद्र किनारमा युक्रेनी मिसाइल हमलामा दुई बालबालिकासहित चारको मृत्यु

काठमाडौं । युक्रेनी मिसाइल हमलामा परेर क्राइमियामा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ । घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको रुसी विश्व च्यालन आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार युक्रेनले क्राइमियाको सेभास्तोपोल सहरको ब्ल्याक सी रिसोर्टमा उक्त विस्फोट भएको हो । विस्फोटमा परेर १५० बढी घाइते भएको बताइएको छ ।

अमेरिकाले युक्रेनलाई दिएको मिसाइल प्रयोग भएर आक्रमण भएको रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयले पाँच मिसाइल प्रहार भएकोमा चारलाई बिचैमा झारिएको र पाँचौँलाई मार हान्दा बाटो फेरेर नागरिक क्षेत्रमा झरेको बताएको छ ।

आरटीका अनुसार रुसी रक्षा मन्त्रालयले यो आक्रमणको उचित हिसाबकिताब हुने बताएको छ । सन २०१४ मार्च १६ मा भएको जनमत संग्रहबाट क्राइमिया रुसमा गाभिएको हो ।

रुसी भाषी बाहुल्य क्राइमिया रुसमा शान्तिपूर्वक गाभिएको थियो । तर, यसलाई पश्चिमा लगायतका धेरै देशहरूले मान्यता दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर