भ्रष्टाचारविरुद्ध निर्मम बन्न एमाले सांसद गैरेले गराए सरकारको ध्यानाकर्षण (भिडिओ) – Nepal Press

भ्रष्टाचारविरुद्ध निर्मम बन्न एमाले सांसद गैरेले गराए सरकारको ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारलाई भ्रष्टाचारविरुद्ध निर्मम बन्न ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै भ्रष्टाचारको विषय एकपछि अर्को गर्दै आउँदा लज्जित तुल्याइरहेको उनले बताए ।

उनले भने, ‘देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले सिंगो सेवाक्षेत्र कतिसम्म समस्याग्रस्त छ भन्ने कुरा बताउँछ । निजामती क्षेत्रभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुद छ भन्ने कुरालाई पनि यसले बताउँछ । यो निजामती क्षेत्रमा मात्रै रहेर सम्भव छ ? यसमा राजनीतिक नेतृत्व अरु तहको संलग्नता गहिराइबाट हेरेर निदान गर्न ढिलाइ गर्न हुँदैन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर