तत्काललाई जोगियो फणीन्द्रको पद, कारबाही नगर्न सर्वोच्चको आदेश – Nepal Press
गण्डकी प्रदेश

तत्काललाई जोगियो फणीन्द्रको पद, कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं । गण्डकीका सांसद फणीन्द्र देवकोटालाई पदमुक्त नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

नेकपा माओवादीले गरेको कारबाहीविरुद्ध फणीन्द्र अदालत गएका थिए ।

देवकोटाले पार्टी त्याग नगरेको र उनको पार्टी नेपाल समाजवादीले समेत कारबाही गरी निष्कासन नगरेको पाइएको भन्दै अन्तिम टुंगो नलाग्दासम्म निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

प्रकाशमान सिंह राउतको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि गण्डकी प्रदेशसभाका सभामुखको जेठ ३२ को निर्णय र सूचना कार्यान्वयन नगर्न र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भन्ने आदेश गरेका छन् ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पद जोगाउन पार्टी ह्वीपविपरीत विश्वासको मत दिएको भन्दै देवकोटालाई माओवादीले कारबाही गरेको थियो । नेसपाका देवकोटाले माओवादीको चुनाव चिन्हबाट चुनाव जितेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर