मेयरविरुद्धको मुद्दाले राप्तीको नगरसभा अनिश्चित – Nepal Press

मेयरविरुद्धको मुद्दाले राप्तीको नगरसभा अनिश्चित

चितवन । जनप्रतिनिधिहरूबीचको बेमेलका कारण चितवनको राप्ती नगरपालिकाको नगरसभा यसवर्ष पनि अनिश्चित भएको छ । यो नगरले अघिल्लो वर्ष पनि असार १० सम्म बजेट ल्याउनुपर्ने कानूनी बाध्यता घर्काएर असारको ३० गते नगरसभा गरेको थियो ।

मेयर शमशेर लामाको विपक्षमा ५१ जना जनप्रतिनिधिले उच्च अदालत हेटौंडामा दायर गरेको मुद्दा नटुंगिएको कारण राप्तीको नगरसभा अनिश्चित बनेको हो ।

तर, राप्ती नगरपालिकाका निर्वाचित ७० जना जनप्रतिनिधिमध्ये उपमेयरसहित नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले गत चैत २५ गते मुद्दा दायर गरेपछि नगरसभा अनिश्चित बनेको हो ।

चैत २५ गते जनप्रतिनिधिले दायर गरेको रिटमा मेयर लामाले कार्यपालिका बैठक नै नबोलाएको, नगरसभाको निर्णयमा कीर्ते गरेकोलगायतका जिकिर गरेका छन् । उक्त मुद्दाको आज पेशी भएपनि बहस नटुंगिएकाले नगरसभा सञ्चालन गर्न सम्भव नभको मेयर लामाले बताए ।

‘मुद्धा कहिले टुङ्गो लाग्छ थाहा । बहुमत जनप्रतिनिधिले मुद्दा हालेको कारण टुंगो नलागी नगरसभा गर्न सकिने अवस्था भएन ।’

उनले मुद्दा प्रकृयाको छिनोफानो समयमा नै भयो भने असार ३० गतेसम्म नगरपरिषद् गर्ने तयारीमा आफू रहेको बताए । नभए संघीय कानूनअन्तर्गत कूल आउने बजेटको एक तिहाइ बजेट ल्याएर कर्मचारी व्यवस्थापनलगायतका नियमति खर्च चलाउने अवस्था आउनसक्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *