कार्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
नेपाल प्रेस
२०८१ असार १० गते १६:२२
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कार्तिकदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।
विमानस्थलको उत्तर-पश्चिम, उत्तर-पूर्व, दक्षिण-पश्चिम र दक्षिण-पूर्वी भागमा धावनमार्ग, ‘ट्याक्सी-वे’ निर्माण गरिने भएकोले आगामी कार्तिकदेखि दैनिक १० घण्टा बन्द हुने विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।
उनका अनुसार विमानस्थलको काम राति १० देखि बिहान ८ बजेसम्म हुनेछ । यतिबेलासम्म विमानस्थल बन्द रहनेछ ।
विमानस्थलको काम आउँदो कार्तिक २३ गते सुरु भएर चैत महिनासम्म हुने प्रवक्ता झाले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर