१०७ कार्टुन अवैध रक्सीसहित सप्तरीको दशगजा क्षेत्रबाट २ जना पक्राउ – Nepal Press

१०७ कार्टुन अवैध रक्सीसहित सप्तरीको दशगजा क्षेत्रबाट २ जना पक्राउ

सप्तरी । सप्तरीको सीमावर्ती क्षेत्रबाट १०७ कार्टुन अवैध मदिरासहित २ जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सई अमृतकुमार श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले राजगढ गाउँपालिका- २ कमलपुरस्थित दशगजा क्षेत्रबाट डेढ लाखभन्दा बढीको मामाश्री मदिरा बरामद गरेको छ ।

रक्सीको कार्टुनसहित पक्राउ पर्नेमा राजगढ-२ का २६ वर्षीय नारायण यादव र वडा नम्बर ३ झुटकीका २४ वर्षीय रोहित मुखिया रहेको एपीएफले जनाएको छ ।

बरामद सामानसहित उनीहरूलाई भन्सार कार्यालयमा बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *