नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान
नेपाल प्रेस
२०८१ असार १० गते १७:२२
काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान भएको छ। आज सोमबार अपरान्ह करिब ४ बजेदेखि कम्पनीको मोबाइल सेवामा आएको समस्या समाधान भइसकेको नेपाल टेलिकमका सुचना अधिकारी हरी ढकालले बताए ।
अज अपराहन्न ४ बजेतिर करिब १५ मिनेट जति टेलिकमका पोस्टपेड र प्रिपेड मोबाइल नम्बरहरूबाट कल नलाग्ने, आवाज नसुनिने र अचानक फोन काटिने जस्ता समस्या देखिएका थिए । भने, डाटा सेवामा पनि समस्या आएको थियो ।
प्रतिक्रिया