बेलायती राजकुमारी घाइते भएर अस्पताल भर्ना – Nepal Press

बेलायती राजकुमारी घाइते भएर अस्पताल भर्ना

काठमाडौँ । बेलायतकी राजकुमारी घाइते भएर अस्पताल भर्ना भएकी छिन् । बेलायती प्रसारक बीबीसीले बताए अनुसार राजकुमारी एन्नी आफ्नो महलमा घाइते भएकी हुन् ।

उनको घाइते हुने कारण भने बीबीसीले खुलाएको छैन । तर, ७३ वर्षीय राजकुमारीको घाइते भएर अस्पताल भर्ना भएको खबर भने बीबीसीले प्राथामिकताकासाथ प्रकाशन गरेको छ । उनी ब्रिस्टोलको साउथमेड अस्पतालमा उपचाररत छिन् । बेलायती राजदरबारले राजकुमारी घाइते भएको सूचना सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर