रामबहादुर बम्जन दोषी ठहर (भिडिओ) – Nepal Press

रामबहादुर बम्जन दोषी ठहर (भिडिओ)

काठमाडौं । बाल यौन दुराचार सम्बन्धी कसुरमा लिटिल बुद्ध उपनामले परिचित रामबहादुर बम्जन दोषी ठहर भएका छन् ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीकाे इजलासले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । आरोपीमध्ये अन्य २ जनाले भने सफाइ पाएका छन् ।

बम्जनलाई कति सजाय हुने भनेर असार १७ गते तय हुने सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदम अधिकारीले जानकारी दिए ।

आफ्नो आश्रममा रहेका बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप बम्जनमाथि लागेको थियो ।

तपस्वी बम्जनविरुद्ध २०७७ असार ८ गते सर्लाहीकी एक युवतीले बाल यौन दुरुपयोग गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।

केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले गत पुसमा बम्जनलाई काठमाडौंबाट पक्राउ गरेको थियो । बम्जनमाथि सिन्धुलीस्थित आश्रमबाट केही व्यक्तिलाई बेपत्ता बनाएको आरोप लागेको थियो । यसबारे अनुसन्धान हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *