त्रिगुना नगरपालिकामा मेयर र राजनीतिक दलबीचमा विवाद, विद्यालयको दरवन्दी मिलान र शिक्षक सरुवामा असन्तुष्टि – Nepal Press

त्रिगुना नगरपालिकामा मेयर र राजनीतिक दलबीचमा विवाद, विद्यालयको दरवन्दी मिलान र शिक्षक सरुवामा असन्तुष्टि

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकामा कार्यरत राजनीतिक दलले नगरपालिकाले गरेको शिक्षक सरुवा र दरबन्दी मिलानका बिषयमा विरोध गरेका छन् ।

नगर प्रमुखले राजनीतिक आस्थाका आधारमा शिक्षाकको सरुवा र दरवन्दी मिलान गरेको भन्दै दलहरुले विरोध गरेका छन् । एमाले काङ्ग्रेस माओवादी लगायतका दलले विज्ञप्ती निकाल्दै शैक्षिकसत्र शुरुवात भइ तीन महिना व्यतित भइसकेको अवस्थामा हचुवा तथा पुर्वाग्राही ढंगले विद्यालयको तह घटुवा र दरबन्दी मिलानको नाममा जथाभाबी शिक्षक सरुवा गरेकोमा विरोध गरेका छन् ।

उनीहरुले त्रियुगा नगरपालिकाको शिक्षा क्षेत्रलाई तहसनहस बनाइएको आरोप लगाएका छन् । उनीहरुले मौजुदा शिक्षा ऐन तथा नियमावली बमोजिम विद्यालय संचालन अनुमति, तह घटुवा समायोजन लगायत शिक्षक दरबन्दी मिलानको काम शैक्षिकसत्र शुरु हुनु भन्दा तीन महिना अगाडिदेखि प्रक्रिया शुरू गर्नु पर्ने भएपनि मेयरले तीन महिना बितेपछि गरेको बताएका छन् ।

उनीहरुले शुरु भएको तीन महिना पछि बेमौसमी एवम् ऐन कानुन विपरित स्वेक्षापूर्ण ढंगले शिक्षा जस्तो सम्बेदनशील अस्तव्यस्त बनाइ बालबालिकाहरुको भविष्य माथि खेलवाड गर्नेगरि गरिएको निर्णय दुराशयपूर्ण र खेदजनक रहेको भन्दै आलोचना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर