संसदमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेको ‘ह्वीप’ – Nepal Press

संसदमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेको ‘ह्वीप’

काठमाडौं। नेकपा एमालेले संसद बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

एमालेका मुख्य सचेतकले एमालेका सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको बताए ।

प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर