जुलियन असान्ज बेलायती जेलमुक्तः कोलम्बिया भ्रमण गर्न राष्ट्रपतिको निम्तो – Nepal Press

जुलियन असान्ज बेलायती जेलमुक्तः कोलम्बिया भ्रमण गर्न राष्ट्रपतिको निम्तो

काठमाडौँ । अमेरिकी युद्ध अपराध तथा गोप्य कूटनीतिक दस्तावेजहरु सार्वजनिक गरेको विकिलिक्सका सांस्थापक जुलियन असान्ज बेलायतबाट जेलमुक्त भएका छन् ।

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानेज तथा अरु धेरै पक्षको लबि पछि असान्ज जेलमुक्त भएका हुन् । बेलायती समय अनुसार उनी मंगलबार बिहान जेलमुक्त भएका थिए ।

१८ प्रकारका गोप्य सूचनाहरु चुहाएको भन्दै उनी अमेरिका सुपुर्दगी हुने चर्चा गरिएको थियो । तर, बेलायतमा कानुनी लडाइँ गरेर उनको तत्काल सुपुर्दगी नहुने माहोल बनाएका छन् ।

असान्ज जेलमुक्त भएको खबर फैलिनासाथ कोलम्बियाका राष्ट्रपति गोस्ताबो पेत्रोले यस्तो आग्रह गरेका छन् । उनले असान्सलाई विश्व प्रेस स्वतन्त्रताका पक्षधर भन्दै सामाजिक संजालबाट यस्तो आग्रह गरेका हुन् ।

अष्ट्रेलियाली नागरिक असान्ज आफ्नो देश फिर्ता हुने खबर विकिलिक्सले सार्वजनिक गरेसँगै कोलम्बियाका राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन् ।

असान्ज पाँच वर्षदेखि बेलायती जेलमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर