बिहीबार बाइडेन र ट्रम्पको राष्ट्रपतिय विवाद हुँदै, अहिलेसम्मकै सबैभन्दा पाका उम्मेदवारको रेकर्ड – Nepal Press

बिहीबार बाइडेन र ट्रम्पको राष्ट्रपतिय विवाद हुँदै, अहिलेसम्मकै सबैभन्दा पाका उम्मेदवारको रेकर्ड

काठमाडौँ । यहि बिहिबार अमेरिकी राष्ट्रपतिय चुनावको लागि विवाद हुने भएको छ । बेलायती प्रसारक बीबीसीका अनुसार जर्जियाको एटलाण्टामा विवाद हुने भएको छ ।

आगामी नोभेम्बरमा हुने चुनावको लागि यौ नै पहिलो विवाद हो । ८१ वर्षका बाइडेन र ७८ वर्षका ट्रम्पको उमेरका कारण अमेरिकी राष्ट्रपति इतिहासमा सबैभन्दा पाका उम्मेदवारकाे राष्ट्रपतिय विवाद यहि नै पहिलो हुने बताइएको छ ।

उमेरमा तीन वर्ष पाका भएता पनि बाइडेन धेरै बिरामी छन् । उनले प्रमुख कार्यक्रमहरुमा मान्छे नचिनेको, होस गुमाएको र कार्यक्रमबारेमा नबुझेर जमेको कुरा मिडियाहरुमा यत्रतत्र सार्वजनिक भइसकेका छन् ।

बाइडेनको स्वाथ्य राष्ट्रपति हुन योग्य नभएको भन्दै विभिन्न समुह तथा मिडियाहरुले सार्वजनिक बहस पनि गरिरहेका छन् । केही समय अगाडि अमेरिकामा भएको एक सर्वेक्षणले बाइडेन राष्ट्रपति हुन योग्य स्वाथ्यमा नभएको विचार धेरै अमेरिकीको भएको देखाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *