धितोपत्र बोर्डको अध्यक्ष छान्न महान्यायाधिवक्ता कार्यालयले दियो २ राय – Nepal Press

धितोपत्र बोर्डको अध्यक्ष छान्न महान्यायाधिवक्ता कार्यालयले दियो २ राय

काठमाडौं । नेपाल धितोपत्र बोर्डको (सेबोन) अध्यक्षका सबै उम्मेदवार अन्तर्वार्तामा उपस्थित नभएपछि बोर्डको अबको प्रक्रियाबारे महान्यायाधिवक्ताको कार्यालयले २ वटा राय दिएको छ । अध्यक्ष छनौट प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा छनौट समितिले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित राय मागेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले आवेदन परेका ५ जनामध्येबाट ३ जना छान्न राय दिएको छ । नयाँ प्रक्रियामा जान पनि छनौट समितिलाई अधिकार रहेको राय प्राप्त भएको स्रोतले जनायो ।

सर्ट लिष्टमा परेका पाँचजनामध्ये तीनजना दुई पटकसम्म सूचना जारी गर्दा पनि अन्तर्वार्तामा अनुपस्थित भएपछि छनौट प्रक्रिया अन्योलमा परेको थियो ।

अध्यक्षका उम्मेदवारत्रय बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ लगातार दुई पटकसम्म अनुपस्थित भएका थिए ।

सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको अन्तर्वार्ता भने पहिलो चरणमा नै भएको थियो । कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने भएकाले २ जना मात्र उपस्थित हुँदा समस्या भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले भने अन्तर्वार्तामा उपस्थित २ जनामध्येबाट भने छान्न नमिल्ने राय दिएको बताइएको छ । बोर्ड नेतृत्वविहीन हुँदा लामो समयदेखि शेयर निष्कासनदेखि अरू महत्त्वपूर्ण काम अलपत्र परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *