टी २० विश्वकपमा अफगानिस्तानको ऐतिहासिक सफलता, अष्ट्रेलिया घर फर्कियो – Nepal Press

टी २० विश्वकपमा अफगानिस्तानको ऐतिहासिक सफलता, अष्ट्रेलिया घर फर्कियो

वर्षाले प्रभावित खेलमा बंगलादेशविरुद्ध अफगानिस्तानको सनसनी जित

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा हुँदा एउटा ठूलो उलटफेर नतिजा आएको छ । विश्वकपको दाबेदार अष्ट्रेलियालाई बाहिर धकेल्दै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ ।

आज भएको रोमाञ्चक खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित भयो । वर्षाले प्रभावित बनेको खेलमा नाटकीय मोडहरू आएका थिए । अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान तीनवटै टीम सेमिफाइनलको दौडमा थिए । अष्ट्रेलिया अफगानिस्तानको पराजय चाहिरहेको थियो । बंगलादेश ठूलो अन्तरको जितको खोजीमा थियो । अफगानिस्तानलाई पनि अनिवार्य जित आवश्यक थियो ।

११.४ ओभरमा वर्षाले खेल विथोलिएपछि लक्ष्य परिमार्जन गरिएसँगै बंगलादेशको चुनौती समाप्त भयो । त्यसपछि बंगलादेशले मानौं अष्ट्रेलियालाई सेमिफाइनलमा पुर्‍याउन खेलिरहेको थियो । तर, यसमा पनि उ चुक्यो ।

खेलमा निर्णायक ट्वीस्ट ल्याउने काम भने अफगानिस्तानका कप्तान रासिद खानले गरेका थिए । १० ओभरसम्म खेलमा बंगलादेशको हात माथि थियो । बंगलादेशलाई जितका लागि १० ओभरमा ३९ रन चाहिएको थियो भने हातमा पाँच विकेट थिए । ११ औं ओभरमा रसिदले आफूलाई बलिङमा उतारे । यही ओभर नै खेलको टर्निङ प्वाइन्ट बन्यो । पहिलो चार बलमा तीन रन खचेका रदिले त्यसपछिका दुई बलमा लगातार विकेट लिएका थिए । ७ विकेट गुमाएपछि बंगलादेश संकटमा पर्यो ।

अन्तिम दुई ओभरमा बंगलादेशलाई जितका लागि १२ रन चाहिएको थियो । तर, दुई विकेटमात्र हातमा थिए । १८ औं ओभरमा नबिन उल हकले लगातार दुई विकेट लिँदै अफगानिस्तानलाई ऐतिहासिक जित दिलाए । अफगानिस्तान विश्वकपको सेमिफाइनलमा पहिलोपटक पुगेको हो ।


प्रतिक्रिया

One thought on “टी २० विश्वकपमा अफगानिस्तानको ऐतिहासिक सफलता, अष्ट्रेलिया घर फर्कियो

  1. बधाई तथा शुभकामना विश्वकप विजयता बन

Leave a Reply

Your email address will not be published. Required fields are marked *