सारांशको नेपाली भिडिओ सेयरिङ एप ‘वीटक’ आउँदै – Nepal Press

सारांशको नेपाली भिडिओ सेयरिङ एप ‘वीटक’ आउँदै

कामाडौँ । डिजिटल डोमेनका विभिन्न काम गर्दै आएको सारांशले नेपाली भिडिओ सेयरिङ एप ‘वी टक’ ल्याउने भएको छ।

गत ७ गते सारांशका अवधारणा ल्याउने पवन दाहालको स्मृति दिवश मनाइएपछि यो प्याकेज सार्वजनिक गरिएको हो ।

सारांशका संस्थापक क्षितिज दाहालका अनुसार वीटक नाम तय भएको हो । अब क्रमशः भिडिओ सेयरिङ एप बजारमा आउने भएको दाहालले बताए ।

८० प्रतिशत काम सकिएको भन्दै उनले एक महिनाभित्र वीटक एप बजारमा आउने बताए । सारांशमा समाचारहरुलाई पनि एआईबाट सारांश गरेर प्रकाशन गर्ने काम हुने दाहालले बताए ।

प्रविधि, नवप्रवर्तन र बजारको माग हरेर काम गर्ने उनले बताए ।

समाचारका स्रोत र पाठक जोड्ने काम पनि गर्ने भन्दै उनले भने, ‘सारांशले सूचना र समाचारलाई एआई प्रविधिका माध्यमबाट सारांश गरेर पूर्ण स्रोतसहितको समाचार दिन्छ भने सूचना स्रोतबाटै भन्ने अवधारणाले कागेश्वरी मनोहरा वडा नम्बर ९ बाट च्यानल खोलेर परिक्षण गर्दै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *