इजरायलमा नेपाली कामदार माग- तलब २ लाखबढी, योग्यता कति ? – Nepal Press

इजरायलमा नेपाली कामदार माग- तलब २ लाखबढी, योग्यता कति ?

काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न आवेदन खुलेको छ । इजरायल सरकारसँग नेपाल सरकारले गरेको श्रम सम्झौताअनुसार सहायक कामदार (केयर गिभर) लागि वैदेशिक रोजगार विभागले ५ सय जनाको लागि आवेदन मागेको हो । अहिले ८ सयले आवेदन दिन पाउने र बाँकी ३ सयलाई वैकल्पिक उम्मेदवारको सूचीमा राखिने बताइएको छ । उनीहरूले त्यहाँ १ वर्षदेखि ५ वर्षसम्म काम गर्न पाउने छन् ।

८ सय जनामा ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिलाका लागि कोटा छ । केयरगिभरका लागि जाने नेपालीले ५ हजार ८८० सेकेल (इजरायली मुद्रा) महिनाको न्यूनतम तलब तोकिएको छ । यो नेपाली करिब २ लाख ११ हजार रूपैयाँ हुन्छ ।

केयर गिभरका लागि इजरायलमा काम गर्न जानको लागि २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने विभागको सूचनामा उल्लेख छ ।

के चाहिन्छ योग्यता ?

केयर गिभरका लागि इजरायलमा काम गर्न जाने आवेदकले केयर गिभरसम्बन्धी ३ महिनाको तालिम लिएको हुनुपर्ने छ । २५ वर्षदेखि ४५ वर्षसम्मकाले आवेदन दिन सक्ने छन् । आवेदन दिन कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ सो सरहको शैक्षिक योग्यता भएको हुनुपर्ने छ ।

हेर्नुहोस् पूरा सूचना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *