सांसद बजगाईंको टिप्पणी- बुढीगण्डकीमा अर्थमन्त्रीको चासो देखिएन, प्रधानमन्त्री पनि अन्यायमा पर्नुभएको छ (भिडिओ) – Nepal Press

सांसद बजगाईंको टिप्पणी- बुढीगण्डकीमा अर्थमन्त्रीको चासो देखिएन, प्रधानमन्त्री पनि अन्यायमा पर्नुभएको छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले बुढीगण्डकी आयोजनामा सरकारको ध्यान नपुगेपछि प्रधानमन्त्री प्रचण्डसहित आफूहरू सबै अन्यायमा परेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्रीको सो परियोजनामा चासो नदेखिएको बताए ।

उनले भने, ‘अर्थमन्त्री मुसुमुसु हाँसिराख्नुभएको छ, उहाँलाई अग्रिम बधाई छ, सायद आज बजेट पास हुन्छ । प्रधानमन्त्री, छिमेकी जिल्लाका माननीय रामनाथ अधिकारी पनि यहीँ हुनुहुन्छ । तर, बुढीगण्डकी जलविद्युत् आयोजनामा धेरै अन्यायमा परेका छौं । प्रधानमन्त्रीसहित हामी सबै अन्यायमा परेको छौं । बुढीगण्डकी जलविद्युत आयोजनामा अर्थमन्त्रीको धेरै चासो देखिएन भनेर गाउँलेहरूले पनि कुरा गरिरहेका छन् ।’

उनले गोरखाका दुई युवालाई चीन सरकारको नियन्त्रणमा रहेको कुरामा सरकारलाई पुन: ध्यानाकर्षण समेत गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर