संसदबाट सांसद सापकोटा दिए सिन्धुपाल्चोक भ्रमणको निम्तो (भिडिओ) – Nepal Press

संसदबाट सांसद सापकोटा दिए सिन्धुपाल्चोक भ्रमणको निम्तो (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाका सांसद माधव सापकोटा‘सुवोध’ले गृहजिल्ला सिन्धुपाल्चोक भ्रमणका लागि संसदबाट सबैलाई निमन्त्रणा गरेका छन् ।

मंगलबार संसदको शून्य समयमा धारणा राख्दै जुगल हिमालदेखि मुडेको आलुसम्मको चर्चा गरेकाले सिन्धुपाल्चोक भ्रमणको निम्तो दिएका हुन्।

उनले भने, ‘प्राय मैले गृह जिल्लाका विपत्ति, पीडा र अप्ठेराबारे बोलेको छु, सिन्धुपाल्चोक त्यती मात्रै होइन, काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल यहिँ छ । यसैको काखमा चर्ने चौंरीका छुर्पी र जुगलको निगुरो, मुडेको स्वादिलो आलुबारे सबैलाई जानकारी नै छ ।’

लाखौं पर्यटकले मन पराएको सुकुटे क्षेत्र, र्याफ्टिङ, लाष्ट रिसोर्ट र बन्जी, पाँचपोखरी, भैरवकुण्ड, हेलम्बुजस्ता पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराएका उनले दुध उत्पादनमा चर्चित बिन्जेल, कुभिण्डे र भोटेचौरबारे पनि बताए।

जुगल हिमालको काखमा रहेको नेपेमासाल, चर्चित मन्दिर गौरती, नेपाल तिब्बत युद्धताका तयार दुगुनागढी, लिस्ती, त्रिपुरासुन्दरी, पाल्चोक, तातोपानी धाराको चर्चा गर्दै उनले जिल्ला भ्रमणका लागि आव्हान गरेका हुन् ।

सापकोटाले थपे ‘कुभिण्डे, पिस्कर र भोटेनाम्लाङजस्ता राजनीतिक पहिचान बोकेका गाउँहरु छन् । मेलम्चीले काठमाडौंलाई पानी पिलाएको छ । डेढदर्जन जलविद्युत आयोजनाहरु छन् । मितेरी पुलसहित चीनको उत्तरी व्यापारिक तातोपानी नाका छ ।
सांसद सापकोटाले सिन्धुपाल्चोक समस्याहरुसँज जुध्दै विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै गृहजिल्लामा निमन्त्रणा गरेका हुन् ।


प्रतिक्रिया

One thought on “संसदबाट सांसद सापकोटा दिए सिन्धुपाल्चोक भ्रमणको निम्तो (भिडिओ)

  1. नेपालभित्र बसाेबास गर्नु हुने सबै जनालाई पनि निमन्त्रणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर