सदनमा प्रधानमन्त्रीको जवाफ- अहिले देशको प्रधानमन्त्री प्रचण्ड भन्ने मान्छे छ (भिडिओ) – Nepal Press

सदनमा प्रधानमन्त्रीको जवाफ- अहिले देशको प्रधानमन्त्री प्रचण्ड भन्ने मान्छे छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा सहभागी भएका नागरिकलाई फिर्ता ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नेपालमा प्रधामन्त्री छ कि छैन ? भनेर प्रश्न गरेका थिए ।

त्यसको जवाफ दिँदै उनले भने, ‘नेपालमा प्रधानमन्त्री छ । त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । सरकारले पठाएर नेपाली रुसी सेनामा गएका त होइनन् । जे भएपनि नेपाली नागरिक रुसी सेनामा जानु र त्यहाँ युद्धमा मारिनु दु:खद् कुरा हो । सरकारले जिम्मेवारी पूर्वक, अझ प्रचण्ड भएको हुनाले भन्छु ।’

उनले रुसी सेनामा सहभागी भएर युद्ध लडिरहेकाहरूसँग राति १२ बजे फोनमा पनि फिर्ता ल्याउनेबारे कुरा गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर