११ महिनामै निर्जीवन बीमा कम्पनीहरूले संकलन गरे ३६ अर्ब ५६ करोड बीमा शुल्क, कुनको कति ? – Nepal Press

११ महिनामै निर्जीवन बीमा कम्पनीहरूले संकलन गरे ३६ अर्ब ५६ करोड बीमा शुल्क, कुनको कति ?

काठमाडौं । ११ महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३६ अर्ब ५६ करोड ९१ लाखको बीमा शुल्क आर्जन गरेका छन् ।

चालू आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) मा निर्जीवन बीमा कम्पनीहरूले कुल ३६ अर्ब ५६ करोड ९१ लाखको बीमा शुल्क आर्जन गरेका हुन् ।

जेठ महिनासम्म १४ निर्जीवन बीमा कम्पनीहरूले ३६ अर्ब ३२ करोड ९९ लाख र ४ लघु निर्जीवन बीमा कम्पनीले २ करोड ३९ लाख १० हजार कुल बीमा शुल्क आर्जन गरेका नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरूले कुल २७ लाख १३ हजार ७१ बीमा लेख बिक्री गरेको छ ।

चालू आर्थिक वर्षको जेठ महिनासम्म सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ४ अर्ब ८९ करोड कूल बीमाशुल्क आर्जन गरेको छ । भने, सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड ९५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।

कुन कम्पनी कति बीमा शुल्क संकलन गरे ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *