प्रधानमन्त्रीको प्रष्टीकरण- मलाई मन्त्रीहरूले टेरेनन् भन्ने अहिलेसम्म परेको छैन – Nepal Press

प्रधानमन्त्रीको प्रष्टीकरण- मलाई मन्त्रीहरूले टेरेनन् भन्ने अहिलेसम्म परेको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूले आफूलाई नटेरेको भन्ने अहिलेसम्म नपरेको जवाफ दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई मन्त्रीहरूले नटेरेको भन्ने प्रश्न उठेपछि प्रधानमन्त्रीले जवाफ दिएका हुन्।

उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीको सम्बन्ध माननीय सदस्यहरूले भन्नुभएको जस्तो असमझदारीले भएको होइन। हाम्रो काम गर्ने परम्परा र शैली विधि विधानलाई बदल्न नसकेको हो। प्रधानमन्त्रीको रूपमा मैले भनेको मन्त्रीले टेरेनन् भन्ने परेको छैन। मन्त्रीको आफ्नो बाध्यता पनि मैले हेरेको छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर