मधेशका मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पतालमा गराए टाउकोको ‘सिस्ट’को अप्रेशन – Nepal Press

मधेशका मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पतालमा गराए टाउकोको ‘सिस्ट’को अप्रेशन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा टाउकोमा भएको ‘सिस्ट’को अप्रेशन गराएका छन् ।

तरल पदार्थ भरिएको पानी फोकालाई सिस्ट भनिन्छ । मुख्यमन्त्री सिंहको टाउँकोको माथिल्लो भागमा मासु पलाए जस्तै सानो फोका अर्थात् सिस्ट थियो ।

मुख्यमन्त्री सिंह आज प्रादेशिक अस्पताल पुगेर सिस्टको अप्रेशन गराए । उनले भने, ‘अनुगमन पनि गर्नु थियो । अनी टाउकोमा सिस्ट जस्तो थियो । आफ्नै प्रदेश सरकार मातहतको अस्पतालमै अप्रेशन गराउने भनेर आएँ । आधा घण्टा अगाडी मात्रै डाक्टर साहेबहरु अप्रेशन गर्नुभयो ।’

उनले अनुगमनका क्रममा अस्पतालमा सुधार गर्नुपर्ने धेरै कुराहरु देखेको बताए । उनले विरामीको चापलाई मध्यनजर गर्दै जनशक्ति र भवन थप्नुपर्ने तथा सरसफाईमा ध्यान दिनुपर्ने बताए ।

अस्पतालमा देखिएको समस्याहरु समाधान गर्न आवश्यक छलफल गरी कार्यान्वयन गरिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर