विश्वप्रकाशको टिप्पणी- सरकारमा भएकाहरू सहकारी र गिरीबन्धुबाट पार्टी अध्यक्षलाई जोगाउन केन्द्रित छन् (भिडिओ) – Nepal Press

विश्वप्रकाशको टिप्पणी- सरकारमा भएकाहरू सहकारी र गिरीबन्धुबाट पार्टी अध्यक्षलाई जोगाउन केन्द्रित छन् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार अहिले सिंगो तागतमा नभएको टिप्पणी गरेका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका कार्यक्रममा बोल्दै सरकारमा भएका दलहरुलाई आआफ्नो चिन्ता भएको बताए ।

उनले भने, ‘एउटालाई आफ्नो अध्यक्ष जोडिएको सहकारीबाट मुक्त गराउनु छ । अर्कोलाई आफ्नो अध्यक्ष जोडिएको गिरीबन्धु जग्गा प्रकरणबाट जोगाउन सकियोस् भन्ने चिन्तामा छ । प्रधानमन्त्रीलाई कसरी गणितको रक्षा गर्ने भन्ने मात्रै छ । प्रधानमन्त्रीको दुःख हेर्छु, उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्नुपरेको छ ।’

उनले सरकार बलियो नभएकाले अहिले प्रतिपक्ष दल कांग्रेसलाई बलियो बनाएर जनताको विश्वास जित्नुपर्ने उनको भनाइ छ ।

 


प्रतिक्रिया

One thought on “विश्वप्रकाशको टिप्पणी- सरकारमा भएकाहरू सहकारी र गिरीबन्धुबाट पार्टी अध्यक्षलाई जोगाउन केन्द्रित छन् (भिडिओ)

  1. वालुवाटार, बाँसवारी, वालमन्दिर, टिकापुरको जग्गा खानेको मतियारले अरूलाई भनेको सुहाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर