राजेशपायल राईको ‘मनको सारङ्गी’ सार्वजनिक (भिडियो) – Nepal Press

राजेशपायल राईको ‘मनको सारङ्गी’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ । सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मन्जु मितेरीले संगीत भरेका छन् ।

यो गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ । नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेशपायल स्वयम् फिचर्ड छन् । रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो । गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर