प्रधानमन्त्रीलाई जादु गर्दै उफ्रिन छाड्दिउँ, हामी कम्तीमा सय सीट ल्याउने गरी लागौं : गगन (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई जादु गर्दै उफ्रिन छाड्दिउँ, हामी कम्तीमा सय सीट ल्याउने गरी लागौं : गगन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्टीनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सरकार अहिले चलाइरहेका दलहरूलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तीमा सय सीट ल्याउने गरी लाग्न नेता/कार्यकर्तालाई आग्रह गरे ।

प्रधानमन्त्रीको ‘जादुवाला सांसद’ को अभिव्यक्तिप्रति उनको टिप्पणी छ, ‘म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरूकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ ।’

महामन्त्री थापाले भने, ‘यो सरकार माओवादी, घण्टी, बण्टी, जो-जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बनाऔँ । धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तीमा पनि सय सीट जित्ने गरीकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागतमात्रै होइन, संविधानमा लेखिएका यी कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली कांग्रेसले राख्छ ।’

यता मिल्ने, उता मिल्ने, ऊसँग मिल्ने कुरा अब कांग्रेसले छाड्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर