धनराज गुरुङको घोषणा- मैले एक रूपैयाँ भ्रष्टाचार गरेको प्रमाण कसैले ल्याए राजनीतिबाट सन्यास लिन्छु (भिडिओ) – Nepal Press

धनराज गुरुङको घोषणा- मैले एक रूपैयाँ भ्रष्टाचार गरेको प्रमाण कसैले ल्याए राजनीतिबाट सन्यास लिन्छु (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले आफूले कहि कतै एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।

मंगलबार काठमाडौंमा पार्टीनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनमा बोल्दै वडाध्यक्षदेखि पार्टीका शीर्ष सबै नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रस्ताव महासमितिको बैठकमा पनि राखेको बताए।

उनले भने, ‘मैले कुनै एउटा मात्रै ठाउँमा एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने प्रमाण लिएर आउँछ भने राजनीतिबाट सन्यास लिन तयार छु । यही कुरा हरेक नेताले भन्न सक्ने कि नसक्ने आजको दिनमारु सवाल यो हो। मैले महासमितिको बैठकमा पनि भनेको थिए वडाध्यक्षदेखि पार्टीका सबै नेताहरुको सम्पत्ति छानविन गर्नुपर्छ। मैले सदनमा पनि सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर दर्ता गरेका छन् ।’

उनले पद पाउनको लागि मात्रै होइन देश र जनताको लागि दलहरुले सहकार्य गर्नुपर्ने बताए ।

उनले अगाडि भने, ‘कुनै पार्टीको नेताले गलत गर्दै गर्दा हामीले छानविन गर्नुपर्छ भन्दै गर्दा तेरो पनि यो फाइल खोल्दिउँरु भन्ने परिस्थिती अब दिनमा त्यस्तो कदम हुँनै हुन्न। त्यसपछि मात्रै कांग्रेस जनताको पार्टी हुन्छ ।’


प्रतिक्रिया

One thought on “धनराज गुरुङको घोषणा- मैले एक रूपैयाँ भ्रष्टाचार गरेको प्रमाण कसैले ल्याए राजनीतिबाट सन्यास लिन्छु (भिडिओ)

  1. प्रमाण लुकाएर गुण्डा र हत्याराहरूलाई सित्तैमा आममाफिको सिफारिश त गरेनौ होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर