मन्त्रीहरूले बजेट श्रीमती, जेठीसासू, ज्वाइँको क्षेत्रमा पनि हाले, प्रधानमन्त्रीलाई पनि टेरेनन्: सांसद खतिवडा (भिडिओ) – Nepal Press

मन्त्रीहरूले बजेट श्रीमती, जेठीसासू, ज्वाइँको क्षेत्रमा पनि हाले, प्रधानमन्त्रीलाई पनि टेरेनन्: सांसद खतिवडा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीलाई मन्त्रीहरुले नटेरेको बजेट पारित भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बजेट पारित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रीहरूले बजेट आफ्नोमा मात्रै नभइ श्रीमती, जेठीसासू, ज्वाइँको क्षेत्रमा पनि लगेको बताए ।

उनले भने, ‘बजेट अर्थमन्त्रीले पेस गर्ने, संसदमा छलफल गर्ने तर कमा, फुलिस्टप चेन्ज नहुने भएपछि संसदीय व्यवस्था बलियो हुँदैन । अब पनि यो पद्धति प्रणाली नगर्ने हो भने मन्त्रीहरुले आफ्नो क्षेत्रमा आफ्नोमा मात्रै होइन, श्रीमती, जेठीसासू, ज्वाइँ र आफूलाई मन्त्री बनाउनेको नेताको क्षेत्रमा पनि बजेट राख्ने यसरी विकास हुँदैन । एमालेले मत विभाजन खोज्यो तर, हामीले ध्वनि मतबाट पारित गर्‍यौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर