कलंकी ट्रेड सेन्टरको सटर मिलाइदिने भन्दै साढे १३ करोडबढी ठगी, ६ जना पक्राउ – Nepal Press

कलंकी ट्रेड सेन्टरको सटर मिलाइदिने भन्दै साढे १३ करोडबढी ठगी, ६ जना पक्राउ

काठमाडौं । कलंकी ट्रेड सेन्टको व्यापारिक सटर मिलाइदिने भनी विभिन्न व्यक्तिबाट साढे १३ करोडभन्दा बढी ठगी गर्ने ६ जना सञ्चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पङ्गेनी, काठमाडौंका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलङ्की डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलङ्की ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर