लुम्बिनीको बजेट बुधबार पास गर्ने तयारी – Nepal Press

लुम्बिनीको बजेट बुधबार पास गर्ने तयारी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको बजेट बुधबार पास गर्ने तयारी छ । सोमबार र मंगलबार मन्त्रालयगत रुपमा बजेटमाथिको छलफल भएको छ भने केही मन्त्रालयको बुधबार पहिलो बैठकमै सकेर आर्थिक मामिला मन्त्रीले त्यसको जवाफ दिने अनि आर्थिक विनियोजन पास गरेर बजेट पास गर्ने तयारी भएको छ ।

मंगलबार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीले जवाफ दिएका छन् ।

बाँकेमा कृषि क्षेत्रमा धेरै बजेट परेको गुनासोप्रति कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले कृषि ज्ञान केन्द्र र पशु भेटेरेनरी तथा पशु विज्ञ केन्द्र बाहेक अन्य कार्यालयहरु पनि भएकाले बजेट धेरै देखिएको जवाफ दिए । कृषि क्षेत्रको सबैन्दा धेरै बजेट रुपन्देहीमा ९ दशमलव ५० प्रतिशत बजेट रहेको, बाँकेमा ९ दशमलव २७ प्रतिशत बजेट रहेको स्पष्ट पारे । सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रिले प्रदेश सरकारले ल्याएको बजेट मुल ढोकाबाट तयार पारिएको बताए ।‘मैले ६ वटा बजेट हेरे ।

त्यो भन्दा राम्रो बाटो तय गर्नेगरी बजेटको मार्ग कोरे’उनले भने, ‘पहुँचको आधारमा होइन, आवश्यकताको आधारमा बजेट तयार पारियो ।’ कुनैपनि बिषयमा धारणा राख्दा गम्भीर भएर सोंच विचार गर्न मन्त्री खत्रिले आग्रह गरे ।

‘मस्तिकमा आईस फेक्ट्रि चलाऔं । जिब्रोमा स्विकट फेक्ट्रि चलायौं । हृदयमा लभ फेक्ट्रि चलायौं’, उनले भने, ‘हामी सबैको एउटै उद्देश्य छ, लुम्बिनीलाई समृद्ध प्रदेश बनाउने ।’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले बजेट विनियोजन गर्दा कसैलाई काखा पाखा नगरिएको बताइन् । बजेट सिलिङ्गमा राखिएका योजनाहरु पनि छुटेको जानकारी दिदै उनले यस बारेमा अध्ययन गरिने पनि बताइन् ।

वन मन्त्रालयको बजेट गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिकामा १५ लाख बजेट विनियोजना भएको प्रति प्रदेश सभा सदस्य तारा थापाले जवाफ मागेकी छन् । ‘लुम्बिनी प्रदेशको बजेट गण्डकीमा कसरी पुग्यो । टाईपिङ्ग मिस्टेक हो की के हो मन्त्री ज्यूले यहाँ भन्नुप¥यो’उनले भनिन्,‘किन यसरी मिस्टके भयो होला ।’

प्रदेश सभा सदस्य प्रचण्डविक्रम न्यौपानले बजेट निर्माणको क्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले समय नदिएको बताए । उनले भूमिगत पानीको योजनाको बारेमा छलफल गर्न खोज्दा मन्त्रीले समय नदिएको, बजेटभरी आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गरेको बताए ।

‘भुजवी भन्ने अफिस लमहीमा छ । त्यहाँ २०७३ देखि थन्किएका हजारौं फाइल छन्’, उनले भने, ‘धरौटी बुझाएर थन्किएका फाइल कहिले खुल्छन् ।’ स्वार्थ समुह घुसेर स्वास्थ्य मन्त्रालयको बजेट निर्माण गरेको आरोप प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री राजु खनालले लगाए । डेंगु बिरामीको लागी खोप ल्याउन चार करोड बजेट विनियोजन गरेको भन्दै यसमा स्वार्थ समूह हावी भएको हुनसक्ने दाबी गरे ।

सदनमा बजेटका विषयमा सत्तापक्ष र विपक्षीका सांसदहरुले नै आलोचना गरेका छन् । यसअघि नेपाली कांग्रेससहितका विपक्षी पार्टीले बजेटप्रति गरेको असहमति मिलाउन एमालेबाट २, कांग्रेसबाट २ र माओवादीबाट १ सांसद सम्मिलित समिति बनेको छ । विवादित विषय त्यो समितिले समाधान गर्नेगरी बजेट पास गर्ने तयारी भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर